असार २८, २०८२ शनिबार July 12, 2025

दक्षिण सुडानको निर्वाचनमा संयुक्त राष्ट्रसंघले सघाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: दक्षिण सुडानमा हुन गइरहेको प्रजातान्त्रिक प्रक्रिया अन्तर्गतको निर्वाचनमा संयुक्त राष्ट्रसंघले सघाउने भएको छ । हाल दक्षिण सुडानमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले सो कुराको जानकारी दिएको छ ।

दक्षिण सुडानमा जारी अन्योलको अन्त्य गरी प्रजातन्त्रकको स्थापनाका लागि प्रक्रिया शुरु हुने भएको र सोका लागि संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको हो । यहाँ हाल संविधान लेख्ने प्रक्रियाका लागि विभिन्न कार्यहरु भइरहेका छन् । यसै अन्तर्गत नै आगामी सन् २०२३ मा आम निर्वाचन हुने भएको हो ।

सो निर्वाचनमा संयुक्त राष्ट्रसंघले सघाउने प्रतिबद्धता आएको छ । हाल सुडानमा जारी संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख निकोलस हाएसनले यहाँको सरकारलाई यो प्रतिबद्धता जनाएका हुन् । उनले बिहीबार भन्नुभएको छ कि हाम्रो प्राथमिकता भनेको दक्षिण सुडानमा प्रजातन्त्रका लागि आवश्यक संरचनाको स्थापनाका लागि संयुक्त राष्ट्रसंघले सहयोग गर्दै आएको उनले बताए ।

दक्षिण सुडानमा नयाँ संविधान निर्माणको प्रक्रियाका लागि सन् २०२३ मा आम निर्वाचन हुने भएको छ । सो निर्वाचनका लागि पनि संयुक्त राष्ट्रसंघले आवश्यक प्राविधिक र आर्थिक सहयोग पुर्‍याउने पनि उनले जानकारी गराएका छन् ।

सुडानको राष्ट्रसंघीय मिसनले हालैमात्र यहाँको सरकारलाई के कस्तो सहयोग आवश्यक छ भनेर सोधेको बताइएको छ । आगामी निर्वाचनबाट नै दक्षिण सुडानको अहिलेको अन्योलको अवस्था हट्ने भन्दै सुडानको राष्ट्रसंघीय मिसनले यसका लागि आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउने बताएको छ । (रासस-सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार