भाद्र ११, २०८३ बिहिबार August 27, 2026

उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि मतदान सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि मतदान सुरु भएको छ । उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सौहार्दपूर्ण वातावरणमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको जानकारी दिएका छन । श्रेष्ठका अनुसार, मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर मत जायर गर्न सक्नेछन् ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको जनाउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेको छ ।

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन् । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं.२ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १ (क), बागलुङ २(ख), दाङ ३(ख) मा पनि आज उपनिर्वाचन हुँदैछ ।

स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज चुनाव हुँदैछ ।

रिक्त यी पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री गुरुङ नुवाकोटमा, राहत तथा उद्धारको स्थलगत निरीक्षण
२०८३ भाद्र ११, बिहिबार
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग
२०८३ भाद्र ११, बिहिबार
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग
२०८३ भाद्र ११, बिहिबार
टप एन्ड टी–२० सिरिज : हैदरावादसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ११, बिहिबार
वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष
२०८३ भाद्र ११, बिहिबार
कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त
२०८३ भाद्र ११, बिहिबार
कर्णाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले भोटेकोशी बाढीपीडितलाई रु. दुई लाख २५ हजार सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार