काठमाण्डौंः मुलुकलाई विदेशी प्रभावबाट मुक्त गर्ने भन्दै उत्तर कोरियाले प्रतिबन्धात्मक व्यवस्था सहितको नयाँ कानून ल्याएको छ । विदेशी प्रभाव पर्ने कुनै पनि गतिविधि गर्न नपाईने तथा विदेशी भाषाको चलचित्र हेर्न र विदेशी पहिरन समेत लगाउन नपाउने गरी उत्तर कोरियामा नयाँ कानूनको व्यवस्था गरिएको को ।
नेता किम जोङ उन प्रशासनको सो निर्णयको भने आलोचना भईरहको छ । विदेशी चलचित्र सम्बन्धी अवैध भिडियो राखे वा तस्करी भए मृत्युदण्ड सम्मको सजाय हुन सक्ने उत्तर कोरियाली सुरक्षाकर्मीहरुले बताएका छन् ।
विदेशी चलचित्र हेरेकालाई आँखामा पट्टी बाँध्नेदेखि अन्य शारीरिक पीडा दिईएको पीडितलाई उदधृत गर्दै बीबीसीले जनाएको छ ।
इन्टरनेटको पहुँच बाहिर रहेका सर्वसाधरण नागरिकलाई टेलिभिजन हेर्नमा लागेको प्रतिबन्ध र केही क्षेत्रमा स्वदेशी च्यानल मात्रै हेर्नुपर्ने व्यवस्था गरिएपछि उत्तर कोरियाली जनताको दैनिकी कल्पना भन्दा बाहिर भएको बीबीसीले उल्लेख गरेको छ । -वीवीसी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया