असार २४, २०८२ मंगलबार July 8, 2025

नाडाल फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्पेनिस खेलाडी राफायल नाडाल फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति पेरिसमा भएको खेलमा इटालीका जानिक सिन्नरलाई हराएर नाडालले अन्तिम आठमा स्थान बनाएका हुन् ।

विश्व नम्बर तीन नाडालले जानिकलाई ७–५, ६–३ र ६–० ले पराजित गरे । नाडालले अब स्वीट्जरल्यान्डका डिएगो स्वार्ट्जम्यानसँग खेल्नेछन् । नाडाल फ्रेन्च ओपनका १३ पटकको च्याम्पियन खेलाडी हुन् ।

महिलातर्फ साबिक विजेतासमेत रहेकी पोल्यान्डकी इगा स्वीटेकले अन्तिम आठमा स्थान बनाएकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया