काठमाण्डौं: युरोकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले फराकिलो जित निकालेको छ ।
गएराति भएको खेलमा स्पेनले लिथुवानियालाई ४ –० गोल अन्तरले पराजित गरेको छ । यस्तै, गएराति भएका खेलमा फ्रान्सले बुल्गेरियालाई ३ –० गोल अन्तरले पराजित गरेको छ । यस्तै पोल्याण्ड र आइल्याण्डले तथा बेनिन र जाम्बियाले २– २ गोलको बराबरी खेलेका छन् भने क्यामरुन र नाइजेरियाले गोलराहित बराबरी खेलेका छन् ।
यस्तै, मोरोक्कोले घानालाई १-० गोल अन्तरले हराएको छ भने गिनीले कोसोभोलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया