श्रावण ३१, २०८३ आइतबार August 16, 2026

राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले सभाअध्यक्ष समक्ष लिए शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रियसभा सदस्यमा निर्वाचित दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित पाण्डेलाई बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसदा तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । १७ जेठमा लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यमा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे विजयी भएका थिए ।

कांग्रेसबाट उम्मेदवार बनेका पाण्डेलाई माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चाले सघाएका थिए । पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै पाण्डेले संघीयतामा स्थानीय तह र प्रदेशले पाउने अधिकारका लागि आफूले दह्रो गरी आवाज उठाउने बताए ।

उनले देशको संघीयता, समावेशी र समानुपातिकताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार अझै पनि पाउन नसकेको भन्दै त्यसको निम्ति संसदमार्फत् बुलन्द आवाज उठाउने बताए । पाण्डेले नेपालको लोकतन्त्र र संविधान ओझेलमा देखिएको टिप्पणी पनि पनि गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार