असार २२, २०८२ आइतबार July 6, 2025

राष्ट्रिय कार्यसूचीमा साझा धारणा बनाउन सभामुखको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सभामुख अग्निप्रसाद सापकोटाले दलहरुलाई राष्ट्रिय कार्यसूचीमा साझा धारणा बनाएर सहमति, सहकार्यका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

विघटित प्रतिनिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग आज संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित छलफलमा सभामुख सापकोटाले संविधानले नै अर्को निर्वाचन नभएसम्म सभामुख रहने व्यवस्था गरेकाले आफू संविधानको परिधिमा रहेर काम गर्ने बताउनुभयो ।

उहाँले संसारभरको मान्यता, सिद्धान्तअनुसार अर्को निर्वाचन नहुँदासम्म सभामुख रहने तथा जनताका प्रतिनिधिका आवाज संसद्मा आउने र सभामुखमा केन्द्रित रहने तथ्यलाई सभामुखले उल्लेख गर्नुभएको उहाँका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

छलफलमा सभामुखले प्रतिनिधिसभा अकारण पटक पटक विघटन भएको बताउँदै पछिल्लो पटक त वर्षे अधिवेशनको आवश्यक तयारी भइरहेका समयमा नै विघटन भएकामा असन्तुष्टि व्यक्त गर्नुभयो । आफूले पूर्वसभामुख, कानून व्यवसायी र सञ्चारकर्मीसँग निरन्तर संवाद गरिरहेको भए पनि राजनीतिक दलका शीर्षस्थ नेतृत्वसँग समसामयिक विषयमा छलफलका लागि आफूले निम्त्याएको उहाँले बताउनुभएको थियो ।

छलफलमा नेपाली कांग्रेसका सभापति देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाललगायतले प्रतिनिधिसभा विघटनसम्बन्धी विषय सर्वोच्च अदालतमा पुगेकाले त्यहाँबाट संविधानअनुरुप फैसला आउने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेका अवस्थामा दलका नेताहरुसँग सभामुखले समसामयिक राजनीतिक विषयमा छलफलका लागि बोलाउनुभएको पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जानकारी दिनुभयो । उहाँले प्रतिनिधिसभा पटक पटक विघटन हुँदा लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दल लाग्नुपर्नेमा सबै दल सहमत भएको जानकारी दिनुभयो । “पटक पटक संसद् विघटन भएको छ । यसमा साझा चिन्ता व्यक्त भयो”, उहाँले भन्नुभयो “ कोरोना महामारी चर्किएको छ । खोप व्यवस्थापन हुन सकेको छैन । यस विषयमा पनि हामी सबैको एउटै मत रह्यो ।”

उहाँले संसद् विघटन गलत छ भनेर दलका नेताहरुले सभामुखलाई सुझाव दिएको जनाउँदै १४६ जनाले अदालतमा निवेदन दिएकाले सोहीअनुसार निकास आउनेमा विश्वास व्यक्त गरिएको संवाददातालाई बताउनुभयो । छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल पूर्वप्रधानमन्त्री खनाल, नेपाल, डा भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाका दीपक बोहोरा र नेमकिपाका प्रेम सुवाल सहभागी हुनुहुन्थ्यो । छलफलमा नेकपा (एमाले)का तर्फबाट भने सहभागिता थिएन । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार