असार २४, २०८२ मंगलबार July 8, 2025

ईङ्ग्ल्याण्डले क्रोएसियालाई १-० गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युरोपेली च्याम्पियनसिपमा इंग्ल्यण्डले क्रोएसियामाथि कठिन जित निकालेको छ । गएराति भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको सुरुवातदेखि नै क्रोएसियालाई दवावमा राखेको थियो । तर गोल गर्न भने दोस्रो हाफ नै कुर्न पर्यो । घरेलु टोलीले ५७औं मिनेटमा अग्रता लिन सफल भयो ।

रहिम स्टर्लिङले गोल गर्दै इंग्ल्यण्डलाई अग्रता दिलाएका थिए । उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका थिए । स्टर्लिङको पछिल्लो १७ खेलमा यो १३औं गोल हो । उनले ६१ खेलमा १५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

यो जितसँगै समूह ‘डी’ मा रहेको इंग्ल्याण्डले ३ अंक जोडेको छ । पराजित क्रोएसिया पुछारमा रहेको छ । युरोको इतिहासमा यसअघिका सबै संस्करणमा पहिलो खेलमा जित हात पार्न नसकेको इंग्ल्याण्ड उक्त खराब रेकर्डमा पूर्णविराम पनि लगाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया