असार २४, २०८२ मंगलबार July 8, 2025

फ्रेन्च ओपन टेनिसको उपाधि जोकोभिचलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले हात पारेका छन् । फ्रान्सको पेरिसमा सम्पन्न भएको फाइनलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन् ।

पाँचौं वरियताका सित्सिपासविरुद्धको खेलमा सुरुका २ सेट गुमाएका जोकोभिचले यसपछि लगातार ३ सेट जित्दै उपाधि हात पारे । विश्व नम्बर एक जोकोभिचले ६–७, २–६, ६–३, ६–२ र ६–४ को सेटमा खेल जितेका हुन् । योसँगै जोकोभिचले दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्न सफल भए ।

उनले यसअघि २०१६ मा फ्रेन्च ओपन जितेका थिए । जोकोभिचको समग्रमा यो १९ औं ग्राण्डस्लाम उपाधि हो । उनी सर्वाधिक ग्राण्ड स्लाम जित्ने रोजर फेडेरर र फाइनल नदालको भन्दा अब एक उपाधि मात्रै टाढा छन् । फेडेरर र नदालले २० पटक ग्राण्डस्लाम जितेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया