असार २४, २०८२ मंगलबार July 8, 2025

एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको स्थान पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं:  एसियाली फुटबल महासंघ (एएफसी)ले छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाएको छ । एएफसीको नयाँ प्रक्रियाअनुसार नेपालले ‘प्ले अफ’ खेल्न नपर्ने भएको हो ।

एसियाली फुटबल महासंघ (एएफपी) ले छनोट प्रक्रियामा परिवर्तन गरेपछि नेपाली फुटबलको भाग्य खुलेको हो । यसअघि नेपालले एसियाली विश्वकप छनोटको दोस्रो चरणको आफ्नो समूहको चौथो स्थानमा रहेर ‘प्ले अफ’ खेल्नु पर्ने भएको थियो ।

एसियाकप आयोजक चीन तथा विश्वकप आयोजक कतार एसियाकपको डिफेन्डिङ च्याम्पियन पनि भएको आधारमा चौथो स्थानमा रहने सबै आठ टिमले सिधै तेस्रो चरणमा प्रवेश पाएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया