असार २४, २०८२ मंगलबार July 8, 2025

यूरोकप फुटबलः रुसको पहिलो बिजयी शुरुवात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युरोकप फुटबल २०२० मा रुसले पहिलो जित हात पारेको छ । सेन्टपिट्र्सवर्गमा गए राति अबेर सम्पन्न खेलमा रुसले फिनल्याण्डलाई हराएको हो । फिनल्याण्डले युरोकप फुटबलको आफ्नो पहिलो खेलमा गत शनिबार डेनमार्कमाथि जित हात पारेको थियो ।

पहिलो हाफको अतिरिक्त समयमा रुसले गरेको एक मात्र गोल खेलको निर्णायक गोल रहन गयो । फिनिश डिफेन्डरहरुबाट घेरिएका अलेक्सी मिरानचुकले पहिलो हाफमा ‘इन्ज्युरी टाइम’को दोस्रो मिनेटमा गोल गर्दै रुसलाई १–० को अग्रता दिलाउनुभयो ।

फिनल्याण्डले रुसमाथि जित हात पारेको भए अन्तिम १६ मा स्थान सुनिश्चित गर्ने थियो । फिनल्याण्डले जोएल पोजनपालोको हेडरबाट अग्रता लिएको सोचिरहँदा म्याच रेफ्रीले अफसाइड दिन पुगे ।

सोमबार दुबै टोलीले लिग चरणको अन्तिम खेल खेल्नेछ । दुबै टोलीको समान तीन अङ्क छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया