असार २६, २०८२ बिहिबार July 10, 2025

जापानद्वारा राजधानी टोकियोमा सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जापान सरकारले राजधानी टोकियो सहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको छ ।

जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो । गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आपतकाल लगाइएको थियो ।

यसअघि गत मे ११ मै आपतकाल हटाउने पूर्व निर्णय गरिए पनि दुई पटक आपतकाल बढाइएको थियो । नयाँ आपतकाल आइची, फुकुओका, होक्काइडो, ओकायामा, हिरोशिमा र ओकिनावा प्रिफेक्चरमा पनि विस्तार गरिएको थियो ।

सरकारको निर्णय बमोजिम आगामी जुन २० देखि ओकिनावा बाहेक अन्यत्रको आपतकाल अन्त्य हुनेछ । ओकिनामा भने कोभिड–१९ बाट संक्रमितको संख्या बढेको पाइएपछि आगामी जुलाई ११ सम्म आपतकाल कायम रहने छ ।

तर कोभिड–१९ विरुद्धका प्रतिबन्धात्मक व्यवस्थाहरु सम्पूर्ण रुपमा अन्त्य भने हुने छैनन् । देशभित्र कोभिड–१९ बाट संक्रमितको संख्या लगातार न्यून भएको र खोप अभियान तिब्र बनाइएको छ ।

त्यहीकारण सरकारले आगामी जुलाई ११ सम्म टोकियो र अरु आठ वटा प्रिफेक्चरसम्म सामान्य आपतकालको अवस्था रहने जनाएको छ । टोकियो गृष्मकालीन ओलम्पिक खेल शुरु हुन एक महिना मात्र बाँकी छ, र यस्तो अवस्थामा भाइरस पुनः फैलिन सक्ने अनुमान गरिएको छ । (रासस/सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया