मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

नेपाली पारातेक्वान्दो खेलाडी पलेशा पाराल्याम्पिकका लागि छनौट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पाराल्याम्पिक गेम्स २०२० मा छनौट हुँदै प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

नेपाल तेक्वान्दो संघले बिज्ञप्ती जारी गर्दै पलेशाले वाईल्डकार्ड मार्फत पाराल्याम्पिकका लागि बाटो खुला गरेको जनाएको छ । मित्रराष्ट्र जापानको टोकियोमा २०७८ भाद्र १७ देखि १९ गते सम्म आयोजना हुने पाराल्याम्पिकमा गोवर्धनले के. ४४, ५८ केजी मुनिको प्रतिस्पर्धामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् ।

नेपाली पारातेक्वान्दो खेलाडीहरुले  २०७८ जेष्ठ ७ गते मित्रराष्ट्र जोर्डनको अम्मान शहरमा पाराल्याम्पिकको लागि छनौट प्रतियोगिता खेल्नु पर्नेमा कोरोना महामारीका कारण अन्तराष्टिय हवाई उडान बन्द हुनुका साथै उक्त छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्न बिदेशी खेलाडीहरुले तेश्रो मुलुकमा कम्तिमा २ हप्ता आईसोलेशनमा बस्नु पर्ने बाध्यताका कारण छनौट प्रतियोगिताबाट बञ्चित हुनु परेको थियो ।

छनौट प्रतियोगिताका लागि पलेशा लगायत ६ खेलाडीहरुलाई संघले चयन गरेको थियो । तसर्थ उक्त छनोट खेलबाट बञ्चित भए पश्चात नेपाल तेक्वान्दो सघले पलेशा र रञ्जना धामी (के.४४, ४९ केजी)को नाम राष्ट्रिय पारालम्पिक कमिटिको समन्वयमा वाईल्ड कार्डको लागि पहल गरेको थियो ।

पलेशा गोबर्धन विश्व तेक्वान्दो महासंघको १३ औ बरियता (¥याङ्किङ्ग) मा रहेको र विश्व तेक्वान्दो महासंघ एवं अन्तराष्ट्रिय पाराल्यम्पिक कमिटिबाट नेपाललाई १ ओटा मात्रै कोटा दिने व्यवस्था भएकोले नेपली पारा राष्ट्रिय खेलाडी पलेशा गोबर्धनले के.४४, ५८ के.जी मुनि तौल समुहमा वाईल्डकार्ड प्राप्त गर्न सफल भएको संघद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।

नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले नेपाल तेक्वान्दो संघ अन्तर्गत रहेको पारा राष्ट्रिय टिममा २०७२ साल देखि नियमित तालिम तथा प्रशिक्षण लिई रहेकी छिन् । पलेशाले भियतनामको होचिमिन्ह २०१८ मा आयोजित चौथो एशियन पारा तेक्वान्दो ओपन प्रतियोगितामा पहिलो पकट के.४४, ५८ केजी माथि तेश्रो स्थान प्राप्त गर्न सफल भई मुलुकलाई कास्य पदक दिलाएकी थिईन् । यस्तै उनले पहिलो पटक कोरियामा आयोजना भएको तेश्रो एशियन अन्तगराष्ट्रिय पारा तेक्वान्दो ओपन प्रतियोगिता २०१७ मा के४४, ५८ केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गर्दै ५ औ स्थान प्राप्त गर्न सफल भएकी थिईन् ।

सोही वर्ष लण्डनमा आयोजित ७ औं विश्व पारा तेक्वान्दो प्रतियोगिता २०१७ मा पनि ५ औ स्थानमा प्राप्त गरेकी थिईन् । यस्तै पाचौ एशियन पारा तेक्वान्दो प्रतियोगिता आममन, जोर्डन २०१९ मा भएको खेलमा के.४४, ५८ केजी माथि ५ औं स्थानमा र ८औं विश्व पारा तेक्वान्दो प्रतियोगिता अन्तलया, टर्की मा के.४४, ५८ केजी माथि तौल समुहमा निकै राम्रो प्रदर्शनका बावजुद ५ औं स्थान प्राप्त गर्न सफल भएको नेपाल तेक्वान्दो संघद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ । नेपाल तेक्वान्दो संघ यस ऐतिहासिक सुखद अवसरमा मुलुकको लागि पदक ल्याउनेमा विश्वस्त हँुदै सम्पुर्ण नेपालीहरु, नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय पाराल्यम्पिक कमिटि नेपाल लगाएतलाई  हार्दिक धन्यवाद ज्ञापन गर्दछ बिज्ञप्तीमा भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार
राष्ट्रपति पौडेलसँग जापानका उपमन्त्रीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार