असार २६, २०८२ बिहिबार July 10, 2025

अफगान सेनाको कारबाहीमा १० तालिबानी लडाकूको मृत्युः ६ जना लडाकू घाइते भएको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगान सेनाले गरेको कारबाहीमा राजधानी काबुल नजिक दश जना तालिबानी लडाकू मारिएका छन् ।

अफगान सेनाले कारबाहीमा अरु छ जना लडाकू घाइते भएको पुष्टि गरेको छ । राजधानी काबुलबाट ३५ किलोमिटर पश्चिमको वार्डाक प्रान्तमा लुकेर बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार बेलुका कारबाही गरिएको सेनाले जनाएको छ ।

सेनाले प्रकाशन गरेको विज्ञप्तिमा वार्डुक प्रान्तको निर्ख जिल्लामा भेला हुन थालेका तालिबानी लडाकूलाई लक्षित गरी सेनाले आक्रमण गरेको उल्लेख छ ।

गत मे महिनामा भिषण संघर्षपछि निर्ख र त्यसको छिमेकी जलरेज जिल्लालाई तालिबान समूहले नियन्त्रणमा लिएका थिए । तालिबान समूहले पछिल्लो भिडन्तका बारेमा केही बताएका छैनन् ।

संयुक्तराज्य अमेरिका र नेटोका सेनाहरु अफगानिस्तानबाट फिर्ता हुँदै गर्दा देशका विभिन्न भागमा हिंसात्मक घटनाहरु बढ्दै गएका छन् । रासस–सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया