असार २६, २०८२ बिहिबार July 10, 2025

ब्राजिलमा कोरोनाबाट ४ लाखको मृत्युः ८३ सय १८ जनाको गम्भिर अवस्थामा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना भाइरसले विश्वभर आतंक मच्चाइरहेको बेला ब्राजिल पनि अछुतो छैन । ब्राजिलमा हालसम्म ४ लाख ९६ हजार १७२ जनाको मृत्यु भइसहेको छ ।

त्यस्तै, हालसम्म १ करोड ७७ लाख ४ हजार ४१ जना कोरोना संक्रमित रहेका छन् भने १ करोड ६० लाख ७७ हजार ४८३ संक्रमणमुक्त भएका छन् । देशभर संक्रिय सक्रमितको संख्या ११ लाख ३० हजार रहेको छ । ८३ सय १८ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको एजेन्सीले जनाएको छ ।

यसैगरी, हालसम्म विश्वमा १७ करोड ८२ लाख ६ हजार ६ सय ४९ जना कोरोना संक्रमित भएका छन् भने १६ करोड २७ लाख १४ हजार २४६ जना संक्रमणमुक्त भइसेकका छन् ।

त्यस्तै, १ करोड १६ लाख ३४ हजार ३७० जना संसारभर संक्रिय सक्रमितको संख्या रहेको छ । हालसम्म ३८ लाख ५८ हजार ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । भने ८२ हजार ४२० जनाको गम्भिर अवस्थामा विश्वभर उपचार भैहरेको एजेन्सीले जनाएको छ । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया