असार २४, २०८२ मंगलबार July 8, 2025

एसियन महिला भलिबल च्याम्पियनसिमा १२ देशले खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशले खेल्ने भएका छन् । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने सो च्याम्पियनसिपमा नेपालसहित १२ देशले सहभागिता जनाउने पक्का भएको एसियाली भलिबल महाङ्घले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण चीन, श्रीलङ्का, भियतनाम, इन्डोनेसिया र न्यूजिल्याण्डले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् । सुरुआतमा सो प्रतियोगिता चीनमा आयोजना गरिने तय भएको थियो । पछि कोरोनाका कारण चीनले प्रतियोगिता आयोजना गर्न अस्वीकार गरेपछि फिलिपिन्समा गर्ने निधो भएको हो ।

एसियन च्याम्पियनसिपमा नेपालसहित भारत, थाइल्याण्ड, फिलिपिन्स, जापान, दक्षिण कोरिया, कजाकिस्तान, उज्वेकिस्तान, चाइनिज ताइपेई, इरान, अस्ट्रेलिया र हङकङले प्रतिष्पर्धा गर्ने छन् । नेपाली महिला भलिबल टोली पहिलो पटक एसियन च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगिता आगामी भदौ १३ देखि २० गतेसम्म आयोजना हुनेछ ।

नेपालको महिला टोलीले २०७६ सालमा भएको पहिलो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको थियो भने २०७६ मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा फाइनलमा भारतसित पराजित हुँदै रजत पदक प्राप्त गरेको थियो । प्रतियोगिताका लागि नेपाल भलिबल संघले ३० खेलाडी छनोट गरेको छ । हाल खेलाडीहरू बन्द प्रशिक्षणमा सहभागी छन् ।

बन्द प्रशिक्षणका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट आठ, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लबबाट सात सात तथा भरतपुर मेट्रोबाट एउटा खेलाडीलाई छनोट गरिएको छ ।

आर्मीबाट सुनिता खड्का, सोफिया पुन, शान्ति थारु, जानकी भण्डारी, सरस्वती जैसी, कृपा अधिकारी, संगम महतो र सृष्टि खड्का, पुलिसबाट कमला पुन, उषा भण्डारी, पुनम चन्द, कामना बिष्ट, लक्ष्मी चन्द, मनिषा चौधरी र शान्तिकला तामाङ, एपीएफबाट सरस्वती चौधरी, निरुता ठगुन्ना, हिरा केसी, उषाकुमारी बिष्ट, पुजा चौधरी, रेश्मा भण्डारी र कविता भट्ट, न्यू डायमण्ड स्पोर्ट्स क्लबबाट प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, बाल्मिका आचार्य, झरना श्रेष्ठ, रिया कुँवर र रिमा कुवँर तथा भरतपुरबाट सरस्वती कट्टेललाई छनोट गरिएको छ । प्रशिक्षकमा जगदिशप्रसाद भट्ट रहनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार