असार २६, २०८२ बिहिबार July 10, 2025

खोप उत्पादन ल्याब विस्तारमा एसके बायोसाइन्सले एक खर्ब ५० अर्ब वन लगानी गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण कोरियाली कम्पनी एसके बायोसाइन्सले विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्नेगरी काम सुरु गरेको छ ।

एसके बायोसाइन्सले उत्तर ग्योङसाङ प्रान्तको एन्डोङमा अवस्थित खोप कारखाना एल हाउसमा कारखाना र उत्पादन केन्द्रहरू विस्तार गर्न लगानी गर्न ग्योङबुक प्रान्त र एन्डोङ सिटीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको घोषणा गरेको छ ।

खोपहरूको बढ्दो मागलाई ध्यानमा राख्दै खोपहरूको लागि उच्च प्रविधिको सुविधा विस्तार गर्न र कारखानाहरूका लागि थप केन्द्रहरू सुरक्षित राख्न एसके बायोसाइन्सले सन् २०२४ सम्ममा लगभग एक खर्ब ५० करोड वन लगानी गर्नेछ साथै एल हाउसले यो लगानीमा उत्पादन सुविधाहरू विस्तार गर्नेछ ।

एल हाउसले कोषीका परीक्षण, जीवाणु परीक्षण, आनुवंशिक पुनः संयोजन र प्रोटिन ‘बाइन्डिङ’जस्ता नवीनतम सेवा तथा खोप उत्पादन सुविधाहरू र एमआरएनए र पछिल्लो पुस्ताको भाइरल भेक्टरहरूका लागि नयाँ सुविधाहरू स्थापना गर्नेछ ।

यसबाहेक, यसले ग्योङबुक बायोको दोस्रो औद्योगिक क्षेत्रमा थप ९९,१३० वर्ग मिटर जमिन खरिद गरि कारखाना स्थललाई १६१,००० वर्ग मिटरमा विस्तार गर्नेछ ।

एसके बायोसाइन्सले बढ्दो खोप उत्पादनका साथ कोरियाली घरेलु बजारमा आफ्नो प्रमुख स्थानलाई सुदृढ पार्न र विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्न आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको हो । रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार