असार २४, २०८२ मंगलबार July 8, 2025

कोपा अमेरिका फुटबल: अर्जेन्टिना र चिली क्वार्टरफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अर्जेन्टिना र चिलीले सोमबार समूह ‘ए’ को शीर्ष दुईमा रहँदै कोपा अमेरिकाको क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

समूहका तीन खेलबाट दोस्रो सफलता निकाल्ने क्रममा अर्जेन्टिनाले सोमबार पाराग्वेमाथि १–० को साँघुरो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो। ब्रासिलियामा भएको खेलको नवौं मिनेटमा एलेजान्ड्रो गोमेजले गरेको गोल नै अर्जेन्टिनाको जितका लागि पर्याप्त बन्यो।

कोरोना भाइरसको महामारीका कारण दर्शकबिनाको खेलमा जितसहित लियोनल मेसीको टोली अर्जेन्टिना सात अंक बटुल्दै समूहको शीर्ष स्थानमा रह्यो। अर्जेन्टिनाको अर्को चरणको यात्राका लागि त्यो सफलता नै पर्याप्त बन्यो। उक्त खेलमा मेसीले पनि देशका लागि १ सय ४७ खेलको कीर्तिमानी बराबरी गरेका थिए।

हाभियर मास्चेरेनोले अर्जेन्टिनाबाट सर्वाधिक १ सय ४७ खेल खेलेका थिए, जुन मेसीले बराबरी गरेका हुन्। यद्यपि, उक्त खेलमा मेसीको टोलीले खासै यादगार प्रदर्शन गर्न सकेन र दोस्रो हाफमा रक्षात्मक रणनीति अपनाउन बाध्य भएको थियो। तथापि, पाराग्वेको अग्रपंक्ति प्रभावकारी बन्न सकेन। सोमबार नै अर्को खेलमा चिली बलियो टोली उरुग्वेसँग १–१ को बराबरी खेल्दै पाँच अंकसहित नकआउट चरणमा स्थान बनाउन सफल भयो।

समूह ‘ए’ मा आफ्ना दुई खेल बाँकी रहँदा पाराग्वेले तीन अंक, उरुग्वेले एक अंक र बोलिभियाले शून्य अंक बनाए पनि तीनै टोलीको क्वार्टरफाइनलमा पुग्ने सम्भावना कायमै छ। समूह ‘बी’बाट शीर्ष स्थानको ब्राजिल यसअघि नै क्वार्टरफाइनलमा छनोट भइसकेको छ।

देशका राजनीतिज्ञ र जनताको व्यापक विरोधका बावजुद ब्राजिल अन्तिम समयमा विश्वको सबैभन्दा पुरानो प्रतियोगिता आयोजना गर्न तयार भएको थियो। कोपा अमेरिका आयोजकद्वय अर्जेन्टिनामा कोरोना भाइरसको खराब स्थिति र कोलम्बियामा सरकारविरुद्धको प्रदर्शनका कारण दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले ब्राजिललाई आयोजनाको प्रस्ताव गरेको थियो। कोरोना महामारीकै कारण एक वर्ष ढिला गरी आयोजना हुन लागेको कोपाको उद्घाटनअघि ब्राजिलका खेलाडीले पनि प्रतियोगिता आफ्नो देशमा सञ्चालन गर्ने निर्णयको विरोध गरेका थिए।

सोमबार चिलीले कोभिड–१९ को प्रोटोकल तोडेका कारण उरुग्वेसँगको खेलको नतिजा पनि छायामा परेको थियो। चिलीले कोभिड–१९ को प्रोटोकलविपरीत स्थानीय हेयर ड्रेसरलाई आफ्नो टोलीमा प्रवेश गराएको थियो। कोनमेबोलले उक्त गतिविधिका कारण चिलीलाई ३० हजार डलर जरिवाना गर्ने जनाएको छ। तथापि, उक्त निर्णयले चिलीको प्रदर्शनमा असर गरेन र एडुआर्ड भर्गासको गोलबाट २६औं मिनेटमा नै चिलीले अग्रता लियो। इङ्ल्यान्डमा जन्मिएका बेन ब्रेरेटोनको पासमा भर्गासले कठिन अवस्थाबाट गोल गरेका थिए।

तर, दोस्रो हाफमा लुइस स्वारेजको सटमा अर्टुरो भिडाल आत्मघाती गोल गर्न पुगे र उरुग्वे बराबरीमा फर्कियो। ८५औं मिनेटमा एडिनसन काभानीले गोल गर्ने अवसर गुमाउँदा उरुग्वेले बराबरीमै चित्त बुझायो। नजिकैबाट उनको हेडर बाहिरिएको थियो। चिलीका भर्गासले कोपा अमेरिकामा पेरूका पाउलो गुइरेरोको १४ गोलको रेकर्डसमेत बराबरी गरे। उनी ब्राजिलका जिजिन्हो र अर्जेन्टिनाका लोर्बेर्टो मेन्डेजको सर्वाधिक १७ गोलबाट तीन गोलले मात्र पछि छन्। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार