असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रिय क्रिकेट टोलिको बन्द प्रशिक्षण सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय क्रिकेट टोलिको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा मंगलबारबाट राष्ट्रिय क्रिकेट टोलिका बन्द प्रशिक्षणमा सूचीकृत खेलाडीहरुको प्रशिक्षण सुरु भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपालले नामीबिया र स्कटल्याण्ड सम्मिलित विश्व क्रिकेट लिग डिभिजन २ को तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरेको छ । प्रतियोगिताको तालिका भने सार्बजनिक भइसकेको छैन् । बन्द प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टोलिका प्रमुख प्रशिक्षक डेभ व्हाटमोर गत् साता नै श्रीलङ्काबाट नेपाल फर्किनुभएको थियो ।

प्रशिक्षणमा अलराउन्डर पृथु बास्कोटा ब्यक्तिगत् कारणले उपस्थित हुन नसक्ने जनाउनुभएको छ । बाँकीका १९ जना खेलाडी प्रशिक्षणमा सहभागी भएको क्यानले जनाएको छ ।

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ सेख, पारस खडका, दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी भएका छन् । त्यसैगरी, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशन भारी, शरद भेषवाकर, बिक्रम सोब, पवन सर्राफ बन्द प्रशिक्षणमा सहभागी भएको क्यानले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार