असार २४, २०८२ मंगलबार July 8, 2025

यूरो कपः इङ्गल्याण्ड समूह विजेता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यूरो २०२० अन्तर्गत समूह डिको अन्तिम खेलमा इङ्गल्याण्ड समूह विजेता बनेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा इङ्गल्याण्डलवे चेक रिपब्लिकलाई १-० गोलले पराजित गर्दै समूह डिको शीर्ष स्थानमा रहन सफल भएको छ । खेल सुरु भएको दोश्रो मिनेटमा गोल गर्नबाट चुकेका इङ्गल्याण्डका स्ट्राइकर स्टर्लिङ्ले खेलको १२ औँ मिनेटमा गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएका थिए ।

चेकले केही अवसरहरु श्रृजना गरेपनि गोल गर्न नसक्दा यो जीत इङ्गल्याण्डको पक्षमा गएको हो । समूह डि अन्तर्गत नै आज बिहान भएको अर्को खेलमा क्रोएसियाले स्कटल्याण्डलाई ३-१ गोलको फराकिलो जीत निकाल्दै आफ्नो यात्रालाई अन्तिम १६ मा राख्न सफल भएको छ । खेलको १७ औँ मिनेटमा गोल गर्दै क्रोएसियाले अग्रता कायम गरेको थियो तर खेलको ४२ औँ मिनेटमा स्कटल्याण्डले गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो ।

दोश्रो हाफको ६२ औँ मिनेट र ७७ औँ मिनेटमा दुई गोल थप्दै क्रोएसीयाले यो जीत निकाल्न सफल भएको हो । यो जीतसङ्गै क्रोएसिया चेक रिपव्लिकलाई पछि पारी उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । क्रोएसिया र चेक रिपव्लिक ४/४ अङ्क र गोल अन्तर वरावर भएपछि बढी गोल गरेको आधारमा क्रोएसिया अन्तिम १६ मा पुगेको हो ।

युरोकप २०२० को समूह चरणको अन्तिम खेल अन्तर्गत आज बेलुका ९: ४५ वजे समुह इ का स्लोभाकिया र स्पेन अनि स्विडेन र पोल्याणड प्रतिस्पर्धा गर्दैछन् । त्यसैगरी समूह एफ अन्तर्गत मध्यरात १२स ४५ वजेको खेलमा जर्मनी र हङ्गेरी अनि पोर्चुगल र फ्रान्स आमनेसामने गर्दैछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार