काठमाडौँ : राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले बिहिबार जारी गरिएको विज्ञप्ति मा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/१० को सिफारिसमा सम्वत् २०७८ साल असार १७ गते बिहीबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया