असार २४, २०८२ मंगलबार July 8, 2025

कोपा अमेरिकाः पाराग्वे समूह ‘ए’को दोस्रो स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोपा अमेरिकामा पाराग्वेले चिलीमाथि सहज जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पाराग्वेलाई सहज जित दिलाउनको लागि ब्राइअन सामु र मिगुइल अल्मिरोनले गोल गरे । चिलीले एक गोल पहिलो हाफमा र अर्को दोस्रो हाफमा गरेको थियो ।

खेलको ३३ औं मिनेटमा सामुले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । उनले अल्मिरोनको कर्नरमा हेडरमार्फत गोल गरेका थिए ।

५८ औं मिनेटमा मिगुइल अल्मिरोनले पेनाल्टीमा गोल गर्दै पाराग्वेको अग्रता दोब्बर पारे । गेरी मेडेलले पेनाल्टी बक्समा कार्लोस गोन्जालेजलाई फउल गरेपछि रेफ्रीले पाराग्वेलाई पेनाल्टी प्रदान गरेको थियो ।

यो जितसँगै पाराग्वे समूह ‘ए’को दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वेले ३ खेलबाट ६ अंक जोडेको छ । समान खेल खेलको अर्जेन्टिा ७ अंकसहित शीर्षस्थानमा रहेको छ । पराजित चिलीले ४ खेलबाट ५ अंक जोडेको छ ।

चौथो स्थानमा रहेको उरुग्वेले ३ खेलबाट ४ अंक जोड्यो । एक खेल बाँकी रहेको बोलिभिया अंकविहीन हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार