काठमाडौंः पोर्चुगललाई हराँउदै बेल्जियम युरोपेली च्याम्पियनसिप (युराे कप) को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आईतबारराती भएको खेलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा छनौट भएको हो ।
बेल्जियमको जितमा थोर्गन हजार्डले गरेको गोल निर्णायक बन्यो । उनले खेलको ४२ मिनेटमा मेउनियरले हजार्डको पासमा गोल गरेका थिए ।
लुकाकु, केभिन डे बुएन र इडिन हजार्डले उत्कृष्ट पास खेलेपछि मुनियरले बल पाएका थिए। जसमा उनले थोर्गन हजार्डलाई पास दिन सफल भए।अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।
रोनाल्डोले यस संस्करणको ४ खेलमा ५ गोल गर्ने क्रममा थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाए । युरो कपमा सर्वाधिक खेल र सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा गराएका रोनाल्डोले समग्रमा अन्तर्राष्ट्रिय फुटबलमै सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान पनि बराबरी गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया