असार २४, २०८२ मंगलबार July 8, 2025

कबड्डीका मुख्य प्रशिक्षकमा भट्ट नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला खेलकुद विकास समिति कञ्चनपुरमा कार्यरत विष्णुदत्त भट्टलाई कबड्डीका मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले भट्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

कबड्डीका मुख्य प्रशिक्षक तारा सिंह भाटले उमेर हदका कारण अवकाश पाएपछि पाँच महिनादेखि रिक्त कबड्डीको मुख्य प्रशिक्षक पदमा भट्टलाई नियुक्त गरिएको हो ।

राखेपले विश्वास गरी दिएको मुख्य प्रशिक्षकको जिम्मेवारीलाई इमानन्दारीपूवर्क निर्वाह गर्ने मुख्य प्रशिक्षक भट्टले बताउनुभयो ।

“कबड्डी खेलाडी थिएँ । त्यसपछि प्रशिक्षक भएँ । अहिले मुख्य प्रशिक्षक भएको छु”, उहाँले भन्नुभयो, “राखेपले दिएको यो जिम्मेवारीलाई सीप र क्षमताअनुसार इमान्दार भएर पूरा गर्नेछु ।”

मुख्य प्रशिक्षक भट्टले कबड्डी खेलको विकास र विस्तारका लागि विद्यालय तहसम्म प्रतियोगिता सञ्चालन गरिने बताउनुभयो । विद्यार्थी जीवनदेखि कबड्डी खेल्न थालेका भट्टले तीन वटा एशियाली खेलकुद प्रतियोगितामा भाग लिनुभएको छ ।

उहाँले सन् १९९० मा बेइजिङ, सन् १९९४ मा हिरोसिसमा र सन् १९९८ मा बैंककको एशियाली खेलकुद प्रतियोगितामा भाग लिनुभएको थियो ।

यसैगरी उहाँले भारतको कलकत्तामा भएको साफ च्याम्पियन सीप र साग गेममा पाँच पटक भाग लिनुभएको छ ।

नेपाली राष्ट्रिय कबड्डी टीमको सात वर्ष नेतृत्व सम्हाल्नुभएका उहाँले विसं २०६४ मा कबड्डी खेलबाट सन्न्यास लिनुभएको थियो । मुख्य प्रशिक्षक भट्टले प्रशिक्षकको जिम्मेवारी पाएपछि हालसम्म दुई हजार ५०० खेलाडीलाई प्रशिक्षण दिइसक्नुभएको छ ।

त्यसमा २०० भन्दा बढी खेलाडीले राष्ट्रियस्तरका प्रतियोगितासम्म खेलेका छन् ।

भीमदत्त नगरपालिका–७ हल्दुखालका भट्टले जनसेवा माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दादेखि नै कबड्डी खेलमा रुचि राख्दै आउनुभएको थियो ।

विसं २०४३ मा कबड्डी खेलेको दुई वर्षपछि झापामा भएको राष्ट्रिय प्रतियोगितमा सहभागी भएर उहाँ साग गेमका लागि छनोट हुनुभएको थियो । त्यसपछि २०६४ सम्म उहाँले कबड्डी प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो ।

मुख्य प्रशिक्षक भट्टले कबड्डीको विकासका लागि हल्दुखालमा एकेडेमी सञ्चालन गर्नुभएको छ । उहाँले कबर्ड हलमा कबड्डी प्रशिक्षण केन्द्र निर्माण गरी सञ्चालनमा ल्याउनुभएको छ ।

जिल्ला खेलकूद विकास समिति कार्यालयका प्रमुख गोपालदत्त भट्ट मुख्य प्रशिक्षक भट्टको लामो अनुभवले कबड्डीको विकास र विस्तारमा सहयोग पुग्ने बताउनुहुन्छ  ।

विसं २०५२ मा सहायक कबड्डी प्रशिक्षक भएका भट्ट २५ वर्षपछि मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको छ । अठार वर्षअघि उहाँ कबड्डीको सहायक प्रशिक्षकमा नियुक्त हुनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार