असार २४, २०८२ मंगलबार July 8, 2025

यूरो कपः क्रोएसियालाई हराउँदै स्पेन क्वार्टरफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्पेन युरोपेली च्याम्पियनसिप २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा क्रोसियालाई ५-३ गोल अन्तरले पराजित गर्दै स्पेन क्वार्टरफाइनल प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटसम्म ३-३ गोलको बराबरी भएपछि अतिरिक्त समयमा भएको खेलमा स्पेनले जित निकाल्दै अन्तिम आठमा स्थान पक्क गर्यो । स्पेनलाई जित दिलाउन अल्भेरो मोराटाले १०० औं मिनेटमा र मिकेल ओयरजबालले १०३ औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि स्पेनका मिडफिल्डर पेड्रीको आत्मघाती गोलबाट अग्रता क्रोएसियाले अग्रता लिएकाे थियाे । पेड्रीले मैदानको बीच भागबाट आफ्नो गोलरक्षक उनाइ सिमोनलाई दिएको पास गोल भएको थियो । ३८ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए ।

५७ औं मिनेटमा सेजार एज्पिलीक्वेटाले गोल गर्दै स्पेनलाई खेलमा पहिलो अग्रता दिलाए । उनले फेरान टोरेसको क्रसमा हेडरमार्फत गोल गरेका थिए । ७७ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पार्यो । फेरान टोरेसले गोल गर्दै स्पेनलाई ३-१ को अग्रता दिलाए ।  उनले पाउ टोरेसको लामो पासमा गोल गरेका थिए ।

८५ औं मिनेटमा क्रोएसियाले गोल गर्दै खेलमा फर्कने संकेत दियो । इन्ज्युरी समयको दोस्रो मिनेटमा मारिओ पासलीचले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले मिस्लाभ ओर्सिचको क्रसलाई हेडरमार्फत गोल गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार