असार २६, २०८२ बिहिबार July 10, 2025

तालिबानको आक्रमण प्रयास विफल, २० तालिबानी लडाकू मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको घोर्यान जिल्लामा तालिबानी समूहले गरेको आक्रमणलाई सरकारी फौजले विफल बनाएको छ ।

प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा सैनिक कार्यवाहीमा २० जना तालिबानी लडाकूको ज्यान गएको र अरु कैयौं घाइते लडाकूहरु त्यहाँबाट भागेको उल्लेख छ ।
बिहीबार बिहानै सयौं तालिबानी लडाकूहरुले घोर्यान जिल्लालाई चारै तर्फबाट घेरा हाली आक्रमण गरेका थिए । आक्रमणमा संलग्न २० जनाभन्दा बढी लडाकू घाइते भएको पनि विज्ञप्तिमा उल्लेख छ । सरकारी सेनाले हवाई सहायताबाट तालिबान समूहमाथि आक्रमण गरेको थियो ।

सरकारी फौज तर्फ एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सेनाले घोर्यान जिल्लाको सदरमुकाम र आसपासका क्षेत्रमा सक्रिय तालिबानी समूहलाई लखेट्न थप कार्यवाही गर्ने तयारी गरेको छ ।

अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले हाल ७० भन्दा बढी जिल्लालाई आफ्नो नियन्त्रणमा लिइसकेको बताइएको छ । तालिबान समूहले घोर्यान जिल्लाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

अफगानिस्तानमा विगत २० वर्षदेखि रहेका अमेरिकी र नेटो आबद्ध सेनाले आगामी सेप्टेम्बर ११ अगाबै अफगानिस्तान छाड्ने भएपछि तालिबान समूहले सरकारी फौजमाथि आक्रामक नीति अपनाएको छ । (रासस/सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार