असार २६, २०८२ बिहिबार July 10, 2025

युनिसेफद्वारा लिबियामा विद्यालय जाने बालबालिकाको सुरक्षाप्रति चासो व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले लिवियामा सशस्त्र द्वन्द्वका कारण विद्यालयस्तरका बालबालिकाको सुरक्षामा चिन्ता व्यक्त गरेको छ ।

“जुन २६ मा विद्यालयनजिकै भएको गोली काण्डमा दुई बच्चाहरू घाइते भएका पुष्टि भएकोमा एक जना गम्भीर घाइते भएका थिए । यी दुई बच्चाहरू साथीहरूसँग विद्यालय जाँदा त्रिपोलीको पश्चिममा रहेको जावाराको अल–जादीदा नगरपालिकामा गोली चलेको कारण घाइते भएका थिए । उनीहरू विद्यालय बाहिर बन्दुकधारीबीच झगडा हुँदा घाइते भएका यूुनिसेफद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राष्ट्र संघीय यस निकायले विद्यालय जाँदा आउँदासमेत बालबालिका घाइते हुने अवस्था रहेको भन्दै उनीहरूको सुरक्षाका लागि लिवियाली सरकार, विपक्षी दल त्यहाँ कार्यरत अधिकारबादी संघसंस्थालगायत सम्बद्ध सबैको ध्यानाकर्षण गरेको छ ।

यूनिसेफले भनेको छ, “लिबियामा शान्तिको प्रक्रिया सूरु भएपछि पनि नागरिक र बच्चाहरूसमेत गोलीको शिकार हुनुपर्ने अवस्था रहेको छ । यसप्रति स्वदेशी तथा अधिकारवादी अन्तर्राष्ट्रिय सबै पक्ष संबेदनशील बन्न आवश्यक भएको छ ।”

युनिसेफले अक्टूबर २०२० मा हस्ताक्षर गरेको युद्धविराम सम्झौताको कडाईका साथ पालना गर्न र दिगो शान्तिको लागि काम गर्न लिबियाका अधिकारी र द्वन्द्वरत सशस्त्र समूहसँग पुन्ः आग्रह गरेको हो ।

युनिसेफले भनेको छ, “बच्चाहरू सिक्न, बढ्न, खेल्न र सुरक्षित रहन सक्ने विद्यालयहरू सुरक्षित स्थानहरू हुनुपर्दछ । अभिलेखहरूले लिबियाली हिंसाले बच्चाहरूमा गहिरो र दिगो प्रभाव पारेको देखाएका छन् ।”

२०११ मा उत्तर एटलान्टिक सन्धि संगठन ‘नेटो’ समर्थन प्राप्त विद्रोही समूहले देशको लामो समयका नेता मुअम्मर गद्दाफीलाई सत्ताच्युत गरेपछि उत्तर अफ्रिकी देश असुरक्षा र अशान्तिमा परेको छ । गद्दाफीको सत्ताबाट हटाइएपछि गरिएको कारबाहीमा मृत्यु भएको थियो । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार