असार २६, २०८२ बिहिबार July 10, 2025

फिलिपिन्समा सैनिक विमान दुर्घटनाग्रस्त, १७ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये करिब ४० जना घाइते भएका छन् ।

सी–१३० हर्कुलस विमानमा ९२ जना सवार थिए । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्नेक्रममा नजिकैको आवासीय क्षेत्रमा आइतबार मध्यान्ह विमान दुर्घटनाग्रस्त भएको रक्षा सचिव डेल्फिन लोरेन्जानाले बताउनुभयो ।

सचिव लोरेन्जोले विमानमा सवार ४० जना घाइते भएका र उनीहरुको उद्धार गरिएको जानकारी दिनुभयो । स्थानीय सञ्चार माध्यमले खिचेका तस्वीरमा दुर्घटनाग्रस्त विमानमा भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरु माथि बाक्लो कालो धुँवा देखिएको छ ।

सशस्त्र सैन्य बलका प्रमुख जनरल सिरिलिटो सोबजानाले कागायान डी ओरोबाट दक्षिणी मिन्डानाओ द्वीपतर्फ सैनिकहरु लिएर गैरहेको विमान दुर्घटनामा परेको बताउनुभयो । उहाँले जोलोमा विमान अवतरण गर्न लाग्दा नजिकैको आवासीय क्षेत्रमा खसेको पनि बताउनुभयो ।

उद्धार गरिएका ४० जनाको नजिकैको सैनिक अस्पतालमा उपचार भइरहेको पनि उहाँले बताउनुभयो । फिलिपिन्सका हवाई सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल मेनार्ड मारिआनोले दुर्घटनाको कारणका बारेमा चाँडै अनुसन्धान शुरु हुने जानकारी दिनुभयो । (रासस/एएफपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार