वैशाख २४, २०८१ सोमबार May 6, 2024

गोदाममा आगलागी, ३२ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । नयाँदिल्लीको रानी झाँसी रोडमा आइतबार बिहान आगलागी भएको हो । भारतीय मिडियाहरुले ३२ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निस्सासिएर भएको उल्लेख गरेका छन् ।

दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गका अनुसार ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।

आइतबार बिहान करिब साढे ५ बजेतिर आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । त्यहाँ कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेकाले आगो छिट्टै फैलिएको थियो । आगोका कारण नजिकका तीन घरसमेत जलेका छन् ।

पुरानो दिल्लीको यो क्षेत्रमा साँघुरा गल्ली छन् । उद्धार कार्यमा ढिलाइ हुँदा मृतकको संख्या बढेको बताइएको छ । साँघुरा गल्लीका कारण दमकल प्रवेश गर्न नसक्दा नजिकै अग्नि समन केन्द्र भए पनि आगो निभाउन समस्या भएको छ । आगो निभाउनका लागि ३० भन्दा बढी दमकल प्रयोग गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार