बैसाख १९, २०८३ शनिबार May 2, 2026

फिलिपिन्समा सैनिक विमान दुर्घटनामा मृत्यु हुने सेनाको संख्या ५० पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फिलिपिन्समा आइतबार भएको सैनिक विमान दुर्घटनामा मृत्यु हुने सेनाको सङ्ख्या ५० पुगेको छ । द हिन्दूका अनुसार दुर्घटनास्थलबाट भग्नावशेषमा पुरिएका अन्तिम पाँच जना सेनाको शव सोमबार निकालिएको छ ।

फिलिपिन्स सेनाको सी–१३० हर्कुलस विमानमा ९६ जना सेना सबार थिए । सुलु प्रान्तको जोलो विमानस्थलमा अवतरणको क्रममा विमान दुर्घटनाग्रस्त भएको थियो ।

सेना, प्रहरी र अग्नि नियन्त्रकले ४९ जना सेनालाई उद्धार गरेको थियो । केही विमानमा आगलागी हुनुभन्दा अघि उफ्रेर ज्यान जोगाएका थिए । विमानबाट उछिट्टिएकामध्ये सात जना विमानकै अवशेष लागेर घाइते भएका थिए ।

जसमध्ये तीन जनाको मृत्यु भएको छ । विमानमा सबारमध्ये अधिकांश नयाँ भर्ना भएका सेना थिए । जसलाई दक्षिण फिलिपिन्समा सङ्घर्षरत विद्रोही सङ्गठन अबु साएफ विरुद्ध परिचालन गर्ने तयारी गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया