असार २६, २०८२ बिहिबार July 10, 2025

भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

 गत २४ घण्टामा भारतमा ३९ हजार ७९६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । गत जुून २९ बाट यहाँ ४० हजार भन्दा कम व्यक्तिमा मात्र कोरोना सङ्क्रमण भएको पाइएको छ ।

हाल भारतमा  कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ५ लाख ८५ हजार २२९  पुगेको सो मन्त्रालयले जनाइएको छ ।

यसै अवधीका भारतमा कोरोना सङ्क्रमणबाट ७४३ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या चार लाख २ हजार ७२८ पुगेको छ ।

हाल भारतमा चार लाख ८२ हजार ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टाको समय अवघिमा ४२ हजार ३५२ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९७ लाख ४३० कोरोना भाइरस मुक्त भएका छन् । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो ।

सो समयदेखि हालसम्म यहाँ   ३५ करोड २८ लाख ९२ हजार ४६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४१ करोड ९७ लाख ७७ हजार ४५७ व्यक्ति लाई कोरोना भाइरस परिक्षण गरिएको पनि सरकारी स्रोतले जानकारी दिएको छ । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार