काठमाडौंः घरेलु टिम इंग्ल्यान्ड र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेलको नतिजा वर्षा बाधक भएसँगै इङल्यान्डको पक्षमा आएको छ ।
ब्रिस्टोलमा वर्षाको कारण दुई टिमबीचको खेल प्रभावित भएसँगै एक खेल अगावै इङल्यान्डको जित भएको हो ।
वर्षाले पटक पटक प्रभावित खेल नतिजा विहिन भएसँगै इंग्ल्यान्डले ३ खेलको सिरिज २-० ले जीतेको हो । श्रीलंकाले इंग्ल्यान्डलाई १ सय ६७ रनको लक्ष्य दिएको थियो ।
तर, वर्षाको कारण इंग्ल्यान्डले जवाफी ब्याटिङ गर्न नपाई खेल रद्द भएको थियो । यसअघि इंग्ल्यान्डले तीन खेलको टी-ट्वान्टी सिरिज ३-० ले जितेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया