काठमण्डौंः अफगानिस्तानमा तालिबान बिद्रोही हरुसंगको झडप पछि १ हजार जना भन्दा बढी सैनिक छिमेकी देश ताजिकिस्तान तर्फ गएका छन् ।
ताजिकिस्तानको सिमा सुरक्षा बलको बिज्ञप्ती अनुसार अफगान सैनिकहरु आफ्नो ज्यान बचाउन त्यहाँ गएको बताइएको छ ।
अफगानिस्तानमा अमेरिकी , बेलायती र अन्य देश का सेनाले तालिबान संगको आफ्नो २० वर्ष लामो युद्ध अन्त्य गर्दै आफ्नो सैनिक फिर्ता लैजाने दिन नजिकिँदै जाँदा त्यहाँ बिद्रोहीहरुले दिनहुँजसो हिंसात्मक गतिबिधि गर्दै आएका छन।
हाल अफगानिस्तान को ४२१ जिल्ला को करिब एक तिहाई छेत्र तलिबानीहरुले नियन्त्रण मा लिएका छन। अफगानी सेनाले बिदेशी शैन्य बलको बहिर्गमनपछि पुरै सुरक्षा आफुले सम्हाल्ने जनाउदै आएको छ।
अमेरिका र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटो का साझेदारहरूको तालिबान बिद्रोही समूह संग भएको २०१८ को शान्ति सम्झौता अनुसार आफुहरुले सेना फिर्ता गरेपछि तालिबान नियन्त्रित छेत्रमा कुनै पनि अतिबादी समूहलाई गतिबिधि संचालन गर्न नदिने उल्लेख छ । एनटिभी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया