बैसाख २७, २०८३ आइतबार May 10, 2026

कांग्रेस नेतृ गौचनलाई अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सामाजिक अभियन्ता विमला गौचन डा. भीमराव अम्बेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन्।

भारतीय संविधान निर्माता डा. अम्बेडकरको नाममा ३५ वर्ष अघि स्थापित सो अवार्डबाट यस वर्ष समाजसेवी तथा कांग्रेस नेतृ गौचन सम्मानित भएकी हुन्।
नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा भारतीय अकादमीले डा. अम्बेडकर एक्सिलेन्सी सर्भिस अवार्डबाट सामाजिक अभियन्ता गौचनलाई सम्मानित गरेको हो।
विभिन्न सामाजिक संघ संस्थामा कृयाशील अग्रज समाजसेवी गौचन एकल महिला समूह म्याग्दीकी अध्यक्ष पनि हुन्।
यसैगरी डाक्टर अम्बेडकर कलाश्री अवार्डबाट संचारकर्मी आरती लम्साल सम्मानित भएकी छन्। जातीय विभेदको अन्त्य र महिला सशक्त्तिकरणमा योगदान पुर्याए बापत लम्साललाई सम्मान गरिएको अकादमीले जनाएको छ।
जातीय विभेदविरूद्ध अन्तरजातीय विवाह गरेकी लम्सालले पछिल्लो समय विभेदविरूद्धको अभियान समेत चलाइरहेकी छन्।
यसैगरी समाजसेवीहरू सुशीला कट्टेल गैरे र राजकुमार सुनार पनि सम्मानित भएको नेपाल अकादमीका अध्यक्ष ठाकुरचन्द्र गहतराजले जानकारी दिएका छन।
भारतका केन्द्रीय सामाजिक न्याय मन्त्री एवं राज्यसभा सांसद डा. सत्यनारायण जाटियाले अवार्ड वितरण गरेका थिए।

भारत, नेपाल लगायत दक्षिण एसियाका सञ्चार, मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई संस्थाले प्रत्येक बर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको छ।

दक्षिण एशियाका समतावादी अभियन्ता डाक्टर अम्बेडकर सामाजिक समावेशीकरणका अभ्यासकर्ता हुन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ बढीलाई जिम्मेवारी
२०८३ बैसाख २७, आइतबार
खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने
२०८३ बैसाख २७, आइतबार
यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ : मुख्यमन्त्री पाण्डे
२०८३ बैसाख २७, आइतबार
मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलको समर्थन
२०८३ बैसाख २७, आइतबार
संविधान संशोधनबारे विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल
२०८३ बैसाख २७, आइतबार
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
२०८३ बैसाख २७, आइतबार
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
२०८३ बैसाख २७, आइतबार