काठमाण्डौंः इराकको दक्षिणी भेगको नसिरिया शहरस्थित एउटा कोभिड अस्पतालमा आगलागी हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ ।
आगलागीका कारण अन्य केहिको पनि मृत्यु भएको आशंका गरिएको छ । अन्यको खोजी कार्य भइरहेको एपीले जनाएको छ ।
हिजो बलुका लागेको आगलागीका कारण दर्जनौँ घाइते भएका छन् । १६ जनाको सकुशल उद्धार गरिएको छ । अक्सिजन ट्याङ्क विस्फोट हुँदा आगलागी भएको हुनसक्ने बताइएको छ । – एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया