असार २५, २०८२ बुधबार July 9, 2025

नेपाल र अमेरिकाबीच लामो सहकार्य छः अमेरिकी विदेशमन्त्री ब्लिकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिकेनले नेपाल र अमेरिकाबीच लामो सहकार्य रहेको बताउनुभएको छ । अमेरिकाले नेपाललाई प्रदान गरेको कोरोना भाइरस विरुद्धको खोप नेपाल पुगेपछि उहाँले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।

विदेशमन्त्री ब्लिकेनले आधिकारिक सामाजिक सञ्जालमा लेख्नुभएको छ, “आज अमेरिकाले जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । हामीबीच रहँदै आएको लामो सहकार्य अहिले खोप आदानप्रदानमा मुखरित भएको छ । यसले नेपाली जनतालाई महाविपत्तिका बेला थप सुरक्षित राख्न मद्दत गर्ने छ ।”

यसैबीच अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी सहयोगका लागि अमेरिकी सरकार र जनतालाई हार्दिक आभार व्यक्त गरेको छ । अमेरिका र नेपालबीच ७३ वर्ष लामो दौत्य सम्बन्ध कायम छ ।

कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार