असार २५, २०८२ बुधबार July 9, 2025

इंग्ल्याण्डलाई घरेलु मैदानमा हराउँदै इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन भएको छ । फाइनलमा इंग्ल्याण्डलाई उसको घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो ।

निर्धारित समय १–१ को बराबरी खेलेको दुबै टोलिले अतिरिक्त समयमा समेत गोल थप्न सकेनन । खेल पेनाल्टी शूट आउटमा गयो । पेनाल्टी शूट आउटमा इटालीले इंग्ल्याण्डलाई ३–२ ले हराउँदै उपाधि जित्न सफल भएको छ । इंग्ल्याण्डका लागि बुकायो साका, जेदन साञ्चो र मार्कस रास्फोर्डको पेनाल्टी प्रहार गोल हुन सकेन । इटालीका बेलोट्टी र जोर्गिन्होको पेनाल्टी प्रहार विफल हुन पुग्यो ।

यूरो कप फुटबलको फाइनल पेनाल्टी शूट आउटबाट टुंग्याइएको यो दोस्रो अबसर हो । यसअघि सन् १९७६ मा चेक रिपब्लिक र पश्चिम जर्मनीबीचको फाइनल खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिदा खेल पेनाल्टी शूट आउटमा गएको थियो । चेक रिपब्लिकले पेनाल्टी शूट आउटमा जित हात पार्दै उपाधि जित्न सफल भयो ।

इटालीले यूरो कप फुटबलको उपाधि जितेको यो दोस्रो अबसर हो । यसअघि उसले सन् १९६८ मा उपाधि उचालेको थियो । दोस्रो पटक यूरो कपको उपाधि उचाल्न उसले ५० वर्षभन्दा बढी समय कुर्नुपर्यो । इटाली हालसम्म चार पटक यूरो कपको फाइनलसम्मको यात्रा गरेको छ । सन् २००० र २०१२ मा इटाली फाइनलसम्मको यात्रा तय गरेपनि उपाधि जित्न सकेको थिएन ।

उता इंग्ल्याण्ड भने ३५ वर्षपछि प्रतियोगिताको उपाधि जित्ने सपना पुरा गर्न सकेन । घरेलु मैदानमा दर्शकको पूर्ण साथ र सहयोग पाएको इंग्ल्याण्डले सुरुवाती गोल गर्दै उत्कृष्ट सुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन सकेन ।

प्रशिक्षक गैरेथ साउथगेटको इंग्ल्याण्ड भने घरेलु मैदानमा इतिहास बनाउन पाएको अबसर गुमाउँदा निराश हुन पुग्यो । रोबर्टो मान्सिनीको इटालीले भने प्रतियोगिताको समूह चरणको सबै खेल जितेर उत्कृष्ट सुरुवात गरेको थियो । इटालीले अन्तर्राष्ट्रिय स्पर्धामा आफ्नो अपराजित यात्रालाई ३४ खेलसम्म पुर्याएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार