असार २४, २०८२ मंगलबार July 8, 2025

ओलम्पिकमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व प्रथम महिला बाइडेनले गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जापानको टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी प्रथम महिला जिल बाइडेनले गर्नुहुने भएको छ ।

यही जुलाई २३ मा हुने उद्घाटन समारोहमा समेत सहभागी हुनेगरी प्रथम महिला बाइडेन सहभागी हुने निर्णय भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रथम महिलाको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन लागेको सन् २०१२ पछि अहिले पहिलो पटक भएको क्योयोदो न्युजले उल्लेख गरेको छ ।

अहिले हुन लागेको टोकियो ओलम्पिकका आयोजकहरूले उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडेन नै सहभागी हुने अपेक्षा गरे पनि कोरोनाभाइरसको महामारीका कारण उहाँ सहभागी नहुनु हुनेभएको जनाइएको छ ।

यसअघि सन् २०२० मा हुनुपर्ने ओलम्पिक प्रतियोगिता कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछाडि सरेर अहिले हुन लागेको हो । ओलम्पिक प्रतियोगिता आयोजना गरिएको स्थलमा अहिले आवत जावत खुल्ला गरिसकिएको छ ।

प्रतियोगितास्थलमा विदेशी तथा स्वदेशी पाहुना तथा खेलाडी र उनीहरूको समूहलाई स्वागत गर्न थालिएको छ । आउनेहरूको सङ्ख्या पनि बढ्दै गइरहेको छ ।

यही जुलाई २३ मा सुरु हुने ओलम्पिक प्रतियोगिता अगस्ट ८ सम्म सञ्चालन हुने तालिका रहेको छ । प्रतियोगितामा २०५ देशका खेलाडी सहभागी हुने आयोजकहरूले जानकारी दिएका छन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार