असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाल एसियन महिला भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आयोजक फिलिपिन्सले नेपाल र भारतसहित ७ देशलाई कोरोनाको रेड जोनमा राखेपछि नेपाली राष्ट्रिय महिला भलिबल टोलीले अर्काे महिना आयोजना हुने भनिएको एसियन महिला भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित भएको छ । नेपाल पहिलोपटक एसियन च्याम्पियनसिप खेल्ने तयारीमा रहेको थियो ।

यसससँगै नेपालको प्रशिक्षण पनि स्थगित भएको नेपाल भलिबल संघले जनाएको छ । एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले शुक्रबार सार्वजनिक गरेको समूह तालिकामा ८ टोलीको मात्रै सहभागिता रहेको छ । सार्वजनिक तालिकाअनुसार समूह ‘ए’ मा आयोजक फिलिपिन्स, काजकास्तान, उज्बेकिस्तान र चाइनिज ताइपेइ छन् । समूह ‘बी’मा थाइल्यान्ड, दक्षिण कोरिया, इरान र अस्ट्रेलिया छन् ।

एभिसीले सार्वजनिक गरेको खेल तालिकामा नेपाल, भारत, हङकङ र जापानको नाम समावेश गरिएको छैन । सुरुवातमा १७ टोली सहभागी हुने भने पनि ५ टोलीले नाम फिर्ता लिएपछि १२ टोलीले खेल्ने पक्का भएको थियो । अन्तिम समयमा यसअघिका आयोजक रहेका चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्युजिल्यान्डले नाम फिर्ता लिएका थिए । कोरोना संक्रमण दर बढेका कारण नै यी देश सहभागी नभएको बुझिएको छ ।

नेपालले एसियन च्याम्पियनसिपका लागि संघले गत चैतमा आयोजना भएको पाँचांै आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई आधार मान्दै संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्वलबहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेको तीन सदस्यीय समितिले १५ जेठमा ३० खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको थियो ।

२१ जेठदेखि प्रशिक्षण सुरुवात गर्ने भनिए पनि आन्तरिक कारण १ असारदेखि प्रशिक्षण सुरु भएको थियो । विभागीय नेपाल पुलिसले आफ्ना तीन खेलाडी आधारभूत तालिममा रहेको भन्दै नपठाएपछि २७ जनालाई प्रशिक्षण दिएको थियो । गत साता मात्रै ९ खेलाडीलाई बाहिर राख्दै संघले १८ सदस्यीय टोली घोषणा गरेको थियो । केहि साता प्रशिक्षण गरेपछि १२ सदस्यीय अन्तिम टोलीको घोषणा हुने तयारी थियो । टोलीले झन्डै एक महिना प्रशिक्षण गरेपछि सहभागिता नहुने भएको हो ।

च्याम्पियनसिपमा सहभागी हुनका लागि (प्रशिक्षणको सुरुवातदेखि) नै संघले करिब १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको थियो । यसका लागि संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लगायत सहयोगी संस्थासँग आर्थिक सहयोग माग्दै आफैं पनि च्याम्पियनसिपको लागि आर्थिक रकम जुटाउन लागेको थियो । बन्द प्रशिक्षणमा डाकिएकामध्ये पुलिसका तीन खेलाडी (पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ) आधारभूत तालिममा रहेको भन्दै नेपाल पुलिस क्लबले प्रशिक्षणमा सहभागी गराएन । टोलीलाई मुख्य प्रशिक्षक जगदिश भट्ट, प्रशिक्षक कुमार राई, भरत यादवसँगै अन्जु श्रेष्ठले प्रशिक्षण दिइरहेका थिए । टोलीमा उज्ज्वल डोटेल फिजियोको भूमिकामा थिए भने ज्याति केसीलाई टोलीको व्यवस्थापकको जिम्मेवारी प्रदान गरिएको थियो । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार