असार २५, २०८२ बुधबार July 9, 2025

बेलायतमा बढ्दै कोभिड १९ को सङ्क्रमण, २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बेलायतमा कोरोना महामारीका थप सङ्क्रमितहरु देखिएका बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमितहरु बढेका हुन् ।

दुई महिना अघिदेखि निकै शक्तिशाली रुपमा देखा परेको ‘इन्डियन कोभिड भेरियन्ट’ को सङ्क्रमण बेलायतमा हाल तीव्र रुपमा बढ्न थालेको बताइएको हो ।

यहाँ गएको २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित देखिएका प्राप्त समाचारमा जनाइएको छ । यो समेतगरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुने व्यक्तिको संख्या ५४ लाख ३३ हजार पुगेको पनि समाचारमा जनाइएको छ ।

साथै गएको २४ घन्टाभित्र यस संक्रमणबाट २५ जनाको निधन भएको छ । यो समेतगरी बेलायतमा कोरोनाको सङ्क्रमणबाट निधन हुने व्यक्तिको संख्या १ लाख २८ हजार भन्दा बढी पुगेको बताइएको छ ।

बेलायतमा पछिल्लो समयमा यसको संक्रमण बढेको तथ्याँकले देखाएको छ । बेलायतमा पछिल्लो समयमा ‘इन्डियन कोभिड भेरियन्ट’ को संक्रमण फैलिएको बताइएको छ । यो भेरियन्ट पहिलाको तुलनामा बढी सङ्क्रामक रहेकोले विज्ञहरुले बताएका छन् ।

बेलायतमा ८८ प्रतिशत वयस्कले कोरोना भाइरसका विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने अरु ६८ प्रतिशतले दोस्रो मात्रा नै लिएका बताइएको छ ।

बेलायतका स्वास्थ्यमन्त्रीले यो खोपको वितरणको कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

बेलायतमा खोप लगाउने कामलाई निकै प्राथमिकतामा राखिएको भए पनि यहाँ सङ्क्रमितहरु थपिने क्रम भने रोकिएको छैन । पछिल्ला हप्ताहरुमा मृत्यु दर भने कम भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार