असार २४, २०८२ मंगलबार July 8, 2025

भारतद्वारा दोस्रो एकदिवसीय खेलमा श्रीलंका विरुद्ध तीन विकेटको रोमाञ्चक जीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतले दोस्रो एकदिवसीय खेलमा श्रीलंका विरुद्ध तीन विकेटको रोमाञ्चक जीत हात पारेको छ । यो जीतसँगै ३-१ दिवसीय खेलको श्रृंखला भारतले एक खेल अगावै जितेको छ ।

गएराती आर प्रेमादासा स्टेडियममा टस जितेर पहिलो ब्याटिङ रोजेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७५ रनको बलियो लक्ष्य पूरा गरेको थियो ।

श्रीलंकाको ओपनर ब्याट्सम्यान अविस्का फ्रेनान्डो र मध्यक्रमका ब्याट्सम्यान चरिथ असालान्काले अर्धशतकीइ पारी खेल्दै श्रीलंकालाई बलियो स्थितिमा पुर्‍याएका थिए ।

१७६ रनको जीत लक्ष्य लिएर ब्याटिङमा उत्रिएको भारतले ४९ दशमलव १ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि यो जीत भारतको पक्षमा गएको हो ।

एक समय हारको नजिक पुगिसकेको भारतलाई आठौं विकेटका लागि बलर दीपक चाहर र भुवनेश्वर कुमारले ८४ रनको उत्कृष्ट साझेदारी गरेपछि भारतले रोमाञ्चक जीत हात पारेको हो ।

हिजोको खेलमा २ विकेट लिंदै ६९ रनको अविजित ब्याटिङ गरेका दिपक चाहर म्यान अफ द म्याच घोषित भएका थिए । अब तेस्रो तथा अन्तिम एक दिवसीय खेल आउँदो जुलाई २३ तारिखमा खेलिंदैछ । एनटिभी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार