असार २४, २०८२ मंगलबार July 8, 2025

ओलम्पिक खेलमा सोनियाले रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : जापानको टोकियोमा आयोजना हुने ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

आज सार्वजनिक भएको खेल तालिका अनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो। उनी ४८ केजी तौल समूहमा इरिनाको सामना गर्नेछिन्। भट्ट विश्व वरीयतामा १२७औँ स्थानमा छिन् भने इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन् ।

उक्त खेल साउन ९ गते हुनेछ। पदकको टुङ्गो पनि सोही दिन लाग्नेछ। भट्ट वाइल्डकार्डमार्फत ओलम्पिक खेलमा छनोट भएकी हुन्। उनले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा कास्य पदक जितेकी थिइन् ।

उनी महिला ४८ केजीमुनि तौल समूहमा नेपाललाई कास्य पदक दिलाइकी थिइन्। डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको रुस ओलम्पिक खेलमा देशका रुपमा सहभागी छैन। रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झण्डा मुनि रहेर प्रतिस्पर्धा गर्नेछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार