असार २४, २०८२ मंगलबार July 8, 2025

ग्रीष्मकालिन ओलम्पिक खेलकुद प्रतियोगिताको आज उद्घाटन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ग्रीष्मकालिन ३२औं ओलम्पिक खेलकुद प्रतियोगिताको आज उद्घाटन हुँदैछ । विश्व खेलकुद जगतको कुम्भमेलासमेत मानिने टोकियो ओलम्पिकको आज उद्घाटन हुन लागेको हो ।

जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिक खेल आजदेखि औपचारिक रुपमा सुरु हुनेछ । नेपाली समय अनुसार आज दिउँसो ४ बजेपछि हुने उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोक्ने छन् ।

टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापानको राजधानी टोकियो पुगिसकेका छन् । नेपालबाट खेलाडीसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ । कोरोना संक्रमणको असर नपरोस् भन्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डमा निकै कडाइ गरिएको छ ।

कोरोना महामारीका कारण ओलम्पिक प्रतियोगिता स्थगित गर्नुपर्ने आवाज उठिरहेका बेला प्रतियोगिता हुन लागेको हो । यसअघि गत वर्ष पनि कोरोना जोखिमकै कारण प्रतियोगिता रोकिएको थियो । कोरोना सङ्क्रमणका कारण दर्शकको उपस्थिति बिना नै प्रतियोगिता हुने एनबिसी न्युजले जनाएको छ । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार