काठमाडौंः टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन् । शनिवार बिहान महिला ४८ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा पहिलो चरणमै सोनिया रसियाकी इरिना डोल्गोभासँग पराजित भएकी हुन् । सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो ।
आजै सुटिङ तर्फ भएको महिला १० मिटर एयर छनौट चरणमा नेपालकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यसअघि १३ औँ दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।
कल्पना अन्तिम चरणमा भने छनोट हुन सकिनन्। छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन्। उनी ५० जना खेलाडीमध्ये ४६ औँ स्थानमा रहिन्।
अब नेपालका पौडी खेलाडीद्वय गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइल र एलेक्जान्डर ग्याडिगाड शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। एलेक्सले २७ जुलाईमा र गौरिकाले २८ जुलाईमा प्रतिस्पर्धा गर्नेछन्।
एलेक्सले हिट चरण पारे २८ जुलाईमा अर्को चरणमा भिड्नेछ। उनी सहभागी इभेन्टको पदकको टुङ्गो २९ जुलाईमा लाग्नेछन्। यस्तै गौरिका सहभागी एभेन्टमा २९ र ३० जुलाई अर्को चरणमा प्रतिस्पर्धा हुनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया