असार २४, २०८२ मंगलबार July 8, 2025

पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्नुहुने भएको छ ।

छयालिस वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँ किंग्स–११ बाट खेल्ने तय भएको हो ।

काठमाडौँ किंग्स–११ ले आज कार्यक्रमको आयोजना गरी पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट प्रतियोगिता, ३९८ एकदिवसीय तथा ९९ टी–२० क्रिकेट प्रतियोगिता खेल्नुभएको थियो । सो क्रममा उहाँले टेष्टमा एक हजार ७१६, एकदिवसीयमा आठ हजार ६४ तथा टी–२० मा एक हजार ४१६ रन बनाउनुभएको छ । यस्तै उहाँले टेष्ट प्रतियोगितामा ४८, एकदिवसीयमा ३९५ तथा टी–२० मा ९८ विकेट लिनुभएको थियो ।

अलराउण्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि सन् २०१८ सम्म खेल्नुभएको थियो । उहाँले अफ्रिदीले विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसक्नुभएको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा हुने तय भएको चौंथो संस्करणको इपीएलमा ६ टोलीको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

वर्ष कोरोना भाइरसको महामारीका कारण इपीएल हुन सकेको थिएन् । इपीएलमा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौँ किङ्स–११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार