भाद्र १, २०८३ सोमबार August 17, 2026

कोरोनाको तेश्रो महामारीसँग लड्न आवश्यक तयारीमा लाग्न संसदिय समितिको सरकारलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले सम्भावित कोरोनाको तेश्रो महामारीसँग लड्न आवश्यक तयारीमा लाग्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा विहीबार बसेको बैठकले सम्भावित कोरोनाको तेश्रो महामारीको तयारीसहित छिटो भन्दा छिटो परिणामदायी रणनीति बनाउन सरकारलाई निर्देशन दिएको हो । आवश्यक भौतिक संरचना र उपकरण, खोप लगाएका व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिइन् ।

विभिन्न मुलुकमा बालबालिकालाई कोरोनाको खोप लगाइसकेको अवस्थामा नेपालमा पनि बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको व्यवस्था र स्थानीय तहमा समेत महिला तथा बालबालिकामैत्री क्वारेन्टाइनको तयारी गर्न पनि निर्देशन दिएको उनले बताइन् ।

उनले कोरोना उपचारका लागि बालबालिका विशेषज्ञ चिकित्सकको उचित व्यवस्थापन गर्न र अनिवार्य रुपमा खटाइएको क्षेत्रमा जाने वातावरण बनाउन पनि मन्त्रालयलाई निर्देशन दिइन् । त्यस्तै कोरोना संक्रमित बालबालिकाको उपचारमा कुनै कमी हुन नदिन र कोरोनाका कारण अनाथ हुन पुगेका बालबालिकाहरुलाई अनिवार्य रुपमा संरक्षण र व्यवस्थापन गर्न मन्त्रिपरिषद्को कार्यालय तथा स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति पालले बताइन् ।

बैठकमा समिति सदस्यहरुले सम्भावित तेश्रो लहरबाट बालबालिकाबाट जोगाउन सरकार गम्भीर रुपमा लाग्नुपर्ने सुझाव दिए । उनीहरुले प्रयाप्त भेन्टिलेटर लगाएत स्वास्थ्य उपकरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारिणी निर्देशक डा. मिलनराज धरेलले हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण देखिएको बताए । उन्का अनुसार कोरोनाको पहिलो लहरमा २१ हजार ५२३ बालबलिका संक्रमित भएका थिए ।

साथै, दोस्रो लहरमा ३२ हजार ९३७ जना बालबालिकामा संक्रमण देखिएको छ । दोस्रो लहरमा संक्रमण पुष्टि भएकामध्ये २९ हजार ७७७ जना निको भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
२०८३ श्रावण ३१, आइतबार
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार