भाद्र १, २०८३ सोमबार August 17, 2026

प्रतिनिधिसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: प्रतिनिधिसभामा ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आव २०७६-0७७’ पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद अकबरबहादुर सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकले सिंहको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो । सिंहको ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो । तत्कालीन राष्ट्रिय प्रजातन्त्रपार्टीबाट विसं २०४८ को प्रतिनिधिसभामा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नं २ बाट निर्वाचित थिए ।

लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका सिंह पछिल्लो समय नेपाली कांग्रेस पार्टीसँग आबद्ध थिए। प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
२०८३ श्रावण ३१, आइतबार
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार