असोज ९, २०८३ शुक्रबार September 25, 2026

चीनका लागि नेपाली राजदूत पौड्यालसँग सीआईबीले लियो बयान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सिन्धुपाल्चोक बस दुर्घटना र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एक वर्षपछि सुरु स्थायी समिति बैठक आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक कांग्रेसभित्रको किचलो, उत्तर कोरियालीले नेपालमा गरेको लगानी, नेपाल–भारत सीमा नाकामा सुरक्षाकर्मीले गर्ने ज्यादतिलगायत विषयबारे पनि पत्रपत्रिकाहरूले समाचार बनाएका छन् ।

सिन्धुपाल्चोकमा आइतबार १५ जनाको ज्यान जानेगरी भएको दुर्घटनालाई कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, चालकको जबर्जस्तीले दुर्घटना भएको हो । उनले नौलो सडकमा ओभरटेक गर्दै तीव्र गतिमा बस हाँकेका थिए ।

आइतबारदेखि सुरु नेकपा स्थायी समिति बैठकको चर्चा पनि कान्तिपुरले गरेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले एकीकरणमा भएको ढिलाइका कारण पार्टीमा गुटहरू झाँगिँदै गएको र यसको असर सरकारमा समेत देखिएको निष्कर्ष निकालेका छन् ।

अध्यक्षद्वयलले तयार पारेको प्रतिवेदनमा एकीकरण प्रक्रियामा भएको ढिलाइले उत्पन्न अन्योल, आशंका र निराशा तथा सरकारको कामकारबाहीमा प्रभावकारिताका लागि पार्टीले खेल्नुपर्ने नेतृत्वदायी भूमिकाको कमीले उत्पन्न समस्यालाई पार्टी नेतृत्वले उचित समीक्षा, आत्मालोचना र जिम्मेवारी लिनुपर्ने उल्लेख छ ।

कान्तिपुरकै भित्री पृष्ठमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बयान लिएको खबर पनि छापिएको छ । बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले पौड्यालसँग बयान लिएको हो ।

कान्तिपुरका अनुसार करिब साढे ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लगेर त्यसमा नक्कली मोही खडा गर्ने निर्णयमा संलग्न रहेको आरोपमा व्युरोले पौड्यालसँग इमेलमार्फत बयान लिएको हो ।

पूर्वमुख्य सचिवसमेत रहेका पौड्याललाई व्युरोको ३ नम्बर पिलरले मंसिर १५ गते इमेलमार्फत जग्गा हिनामिना प्रकरणमा तपाईंको भूमिका के थियो ? सरकारी जग्गामा मोही कायम नहुने कानून हुँदाहुँदै किन मोही कायम हुने गरी निर्णय गरियो ? त्यसबेला के के भएका थिए ? जस्ता आधा दर्जन प्रश्न गरेको थियो । व्युरोले पौडेलको निजी इमले ठेगानामा प्रश्न पठाएर जानकारी मागेको थियो ।

पत्र पठाएको १२ दिनपछि मंसिर २७ गते पौड्यालले व्युरोलाई इमेलमार्फत नै करिब २ पाना लामो जवाफ दिँदै जग्गा हिनामिनामा आफू संलल्ग्न नभएको दाबी गरेको कान्तिपुर समाचारमा उल्लेख छ ।

पौड्यालले बयानमा मुख्य सचिवको भूमिका कार्यकारी नभएको र तत्कालीन सचिवबाट टिप्पणी उठेर आएको फाइल आफूले सदरमात्र गरेको जिकिर गरेका छन् । पौड्यालले तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारीले टिप्पणी उठाएको पत्र मन्त्रिपरिषद्मा पेस गर्नका लागि मात्रै आफूले सहजीकरण गरेको बताएका छन् ।

अन्नपूर्णले कांग्रेसभित्रको किचलोबारे समाचार बनाएको छ । समाचार अनुसार तीन दिनदेखि लगातार वार्ता भए पनि सहमति नजुटेपछि सभापति शेरबहादुर देउवा बहुमतबाटै अगाडि बढ्ने निष्कर्षमा पुगेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार
पहिरो र जलसतह बढेपछि कालीगण्डकी करिडोर अवरुद्ध
२०८३ असोज ९, शुक्रबार