असार २३, २०८२ सोमबार July 7, 2025

‘स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८’ पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: राष्ट्रियसभाको आजको बैठकले “स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८” लाई सर्वसम्मतिले पारित गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भन्दै बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयक उपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो ।

विधेयकमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद कोमल वलीले आफ्नो धारणा राखेका थिए भने छलफलमा उठेका प्रश्नहरुको मन्त्री कार्कीले जवाफ दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही साउन २७ गते बुधबार दिनको १ बजे बस्ने छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया