असार २१, २०८२ शनिबार July 5, 2025

पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्डको सजाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई मृत्यदणडको सजाय सुनाइएको छ । मंगलबार लाहोर उच्च अदालते मुर्सरफलाई देशद्रोहीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो । मुर्सरफ अहिले पाकिस्तानमा छैनन् । उनी यूएईको दुबईमा उपचार गराइरहेका छन् ।

केही दिनपहिला दुबईबाटै उनले एक भिडियो सार्वजनिक गरेका थिए । उनले भिडियोमार्फत आफ्नो बिग्रिएको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएका थिए । भिडियोमार्फत उनले जाँच आयोगसँग आफ्नो स्वास्थ्य अवस्था बुझ‍्‍न आग्रह गरेका थिए ।

संविधानको अवहेलना र गम्भीर देशद्रोहको मुद्दाको बारेमा बोल्दै उनले भनेका थिए, यो मुद्दा मेरो विचारमा पूर्ण रूपमा निराधार छ । देश द्रोहको कुरा छोडौं, मैले यो देशको धेरै सेवा गरेको छु । युद्ध लडेको छु र १० वर्षसम्म देशको सेवा गरेको छु ।

गम्भीर देहद्रोहको मुद्दाको बारेमा सुनुवाइ गरिरहेको विशेष अदालतले २८ नोमेम्बर मा परवेजलाई आफ्नो बयान पेश गर्न ५ डिसेम्बरसम्मको अन्तिम सीमा तोकेको थियो ।

उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइए थियो। यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया